देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पार्टीको नाम र चुनाव चिह्नमा अड्कियो राप्रपा-विवेकशील साझा एकता

0

काठमाडौँ – विवेकशील साझा पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)बिच पार्टि एकिकरणको तयारी अन्तिम चरणमा पुगेको छ । राप्रपासँग एकता प्राविधिकरूपमा मात्रै बाँकी रहेको विवेकशिल निकट नेताहरुले बताएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा तथा विवेकशील साझाका अध्यक्ष मिश्रलगायतका नेता अहिले नियमित छलफलमा छन् । उनीहरुबीच छलफलबाट दुवै पार्टी एकतामा जाने निष्कर्षमा पुगेको बताइएको छ ।

सिद्धान्त र आगामी कार्यदिशामा विवाद नरहे पनि पार्टीको नाम र चुनाव चिह्न के हुने भन्ने प्राविधिक विषयले मात्रै एकता घोषणा बाँकी रहेको दुवै पक्षका नेताहरूले बताएका छन् ।

राप्रपाले नाम राप्रपा नै र चुनाव चिह्न हलो नै हुनुपर्ने अडान राखिरहेको छ । विवेकशील साझाले साझा पार्टीको पनि पहिचान झल्किने गरी नयाँ नाम राख्नुपर्ने र चुनाव चिह्न तराजु हुनुपर्ने प्रस्ताव गरेको छ ।

एकता प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिरहेका राप्रपाका महामन्त्री महामन्त्री धवलशम्शेर राणाले भने, ‘एकताका लागि धेरै कुरामा समस्या छैन । केही प्राविधिक कुराहरू नमिलेको हो ।’ पार्टी एकताका लागि काम भइरहेकाले आफूले धेरै बोल्न नमिल्ने उनको भनाइ प्रतिक्रिया थियो ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने ‘हाम्रो तर्फबाट उहाँहरूलाई भनिएको कुरा के हो भने यो दुई पार्टी एक अर्कामा जाने होइन कि दुई पार्टी मिलाएर नयाँ शक्ति निर्माण गर्ने दिशामा तपाईंहरू खुकुलो हुनुहुन्छ भने हामी छलफल गर्न सक्छौं,’ उनले भने, ‘हाम्रो बटमलाइन पार्टीको नाम र चुनाव चिह्नबारे तपाईंहरू छलफल गर्न तयार हुनुहुन्छ भने एकताको वार्ताको ढोका खुल्छ भनेका थियौं ।’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार