देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पार्टीलाई बलियो बनाउन आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छ

0

तनहुँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीभित्रको आन्तरिक द्वन्द्वको अन्त्य गर्न सके मात्र पार्टीलाई बलियो बनाउन सकिने बताएका छन् ।

तनहुँको सदरमुकाम दमौलीमा आयोजित एक कार्यक्रममा उनले केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए ।

नेता बदमास नभएको महसुस जनताले गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिने उनले बताए । सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ उनको भनाई थियो ।

प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै नेवि संघका पूर्वअध्यक्ष महरले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार