देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पार्टीले छिट्टै प्रधानमन्त्री पाउँछ – गगन थापाको

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले केही महिनामा कांग्रेसबाटै प्रधानमन्त्री बन्ने बताएका हुन्।

‘केही महिनापछि हाम्रो पार्टीबाट प्रधानमन्त्री बन्दैछ। धेरै स्थानीय तहमा वडा तहसम्म कांग्रेस बढी छ। दायाँ ठोक्किए मेयरसँग र बायाँ उपमेयरसँग नै ठोक्किन्छ। हातमा समय साढे चार वर्ष छ। चुनाव किन जितेको भन्दा सरकारमा पुग्न। सरकारमा अहिले बसिरहेको छ अनि रुवाबासी कहिलेको छ भन्दा २०८४ को सरकार बन्दैन भनेर’, उनले भने।

मधेश प्रदेशको सरकार जोगाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेससहितका विपक्षी दलहरुसँग निरन्तर संवादमा छन्। सरकारमा रहेको एकीकृत समाजवादी पनि विपक्षी गठबन्धनमा रहेका नेताहरूसँग निरन्तर संवादमा छन्।

नेताहरूका अनुसार एकीकृत समाजवादी दाहाल नेतृत्वको सरकारको विकल्प खोज्न तयार भएको छ। यसका लागि आवश्यक राजनीतिक कदम चाल्न तयार भएका बेला जसपा नेपाल फुटेपछि तत्कालका लागि वैकल्पिक सरकार गठनको प्रयास केही पर धकेलिएको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा फुटले अदालतबाट वैधानिकता नपाए तत्काल नेकपा एकीकृत समाजवादीसँग एकता गर्नेसम्मको तयारीमा नेताहरू छन्। पार्टी फुटले वैधानिकता नपाए उपेन्द्र यादवसँग पुनः १२ सांसद हुनेछन्। एकीकृत समाजवादीसँग १० सांसद छन्। यी दुई दल मिले संघीय संसद्मा २२ सिटसहित चौथो शक्ति बन्नेछ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार