देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नव नियुक्तलाई देउवाको निर्देशन पार्टी “संगठनलाई एक ढिक्का बनाएर अघि बढ्नु”

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का बनाएर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् । नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यलाई बुधबार नियुक्ति पत्र प्रदान गर्दै देउवाले लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानामा लाग्न निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गतेको निर्णयबाट पार्टी सहमहामन्त्रीमा नियुक्त भएका सुनिलबहादुर थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार आफ्नै निवास बुढानिलकण्ठमा निर्देशन दिँदै सभापति देउवाले आगामी निर्वाचनमा काग्रेसलाई जिताउन आजैबाट सक्रियतापूर्ब लाग्न निर्देशन दिएका हुन् ।

गत साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका १६ केन्द्रीय सदस्य र अन्य ३१ जना नेतामध्ये १० जनालाई पार्टीले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको थियो ।

पार्टीको कात्तिक २८ गतेको बैठकले सुनिलबहादुर थापालाई सहमहामन्त्री रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य, झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी र कपिलबस्तुका राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

सोमबार बुढानिलकण्ठमा आयोजित एक विशेष कार्यक्रममा नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यलाई सभापति देउवाले नियुक्ति पत्र दिएपछि पार्टी बलियो बनाउने सक्रिय भएर लाग्न निर्देशन दिएको भेटमा सहभागी केन्द्रीय सदस्य बिष्णुविक्रम थापाले मध्यबिन्दुलाई बताए । थापाका अनुसार कार्यक्रममा गृह जिल्लामै रहेकाले आमन्त्रित केन्द्रीय सदस्य चौधरी र सिंह भने अनुपस्थित थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार