देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पार्टी कार्यालय भवन निर्माणमा नेबिसंघ सिन्धुपाल्चोकको आर्थिक सहयोग

0

सिन्धुपाल्चोक- जिल्लामा पहिलो पटक नेपाली काँग्रेस, सिन्धुपाल्चोकको आफ्नै भवन निर्माण कार्यमा नेपाल विद्यार्थी संघ, सिन्धुपाल्चोकका काठमाडौंमा उपलब्ध विद्यार्थीहरुले सहयोग गरेका छन् ।

नेबिसंघका काठमाडौंमा उपलब्ध बिद्यार्थीका तर्फबाट विपी अध्ययन केन्द्रको भवन निर्माण कार्यका लागि नेपाली काँग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं.२ का सभापति तथा विपी अध्ययन केन्द्र भवन निर्माण समितिका संयोजक आइतमान तामाङज्यूको उपस्थितीमा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामालाई सहयोग रकम  हस्तान्तरण गरेका हुन् ।

नेबिसंघ सिन्धुपाल्चोकका अध्यक्ष दावा ग्याल्बो लामा, जिल्ला सह- सचिव रमेश थापा, जिल्ला सदस्यहरु मदन गिरी, भिमशेन बानियाँ, नारायण पराजुली, नेबिसंघ पशुपति क्याम्पसका नेता सरोज अधिकारी लगायतको सक्रियतामा संकलित उक्त सहयोग  रकम हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम ग्रहण गर्दै नेपाली कांग्रेस जिल्ला सभापति विकास लामाले सम्बन्धित सबैलाई धन्यवाद दिँदै उक्त महान कार्यलाई आ-आफ्नो स्थानबाट गक्ष अनुसार आवश्यक सहयोग गरिदिनु हुन सबैमा अनुरोध गरेका छन् ।

नेबिसंघ जिल्ला अध्यक्ष दावा लामाले यो पवित्र कार्य सम्पन्न गर्नका लागि निरन्तर रूपमा सहयोगको पहल कदमी लिन नेबिसंघ सिन्धुपाल्चोक सदा तत्पर रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार