देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाल्पाको तानसेनमा श्री २०३ औ रणउजेश्वरी भगवती जात्रा सम्पन्न

0

अनु खनाल/पाल्पा –  पाल्पाको तानसेनमा श्री २०३ औ रणउजेश्वरी भगवती जात्रा मंगलबार सम्पन्न भएको छ ।

कोभिड-१९ ले गर्दा  सोचे जति श्रद्धालु भक्तजनहरुलाई उपस्थित गर्न नसकेको र मन्दिरको परिसरमा मात्रै रथ यात्रा गर्न बाध्य भएको भगवती मन्दिरका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए

उनका अनुसार नेपाल अङ्ग्रेज युद्ध वि.स .१८७१/७२ मा जुन युद्ध भयो ५ ठाँउमा युद्ध भए पश्चात् तत्कालीन कर्णेल उजीर सिंह थापाले यस भगवती मन्दिरमा आएर भाकल गरेर युद्धमा गएको भनाइ छ ।

४ ठाँउमा नेपाली फौज हारिसकेको अवस्थामा यिनै भगवतीको प्रभावले वुटवल पाल्पा जितगडी नाकाबाट अङ्ग्रेजहरुलाई युद्धमा जवानहरु र सेनाहरुको सहयोगले लडेर हराउन र नेपाली रास्ट्रियतालाई जोगाउन सफल भएका थिए ।

२ बर्ष अगाडी ६०,००० दर्शकहरु यस रथ यात्रामा उपस्थित रह्न्थे भने तानसेन बजारको परिकरमा गरि भगवतीको रथ भगवती मन्दिरमा ल्याई विसर्जन गरिन्थ्यो ।

कार्यक्रममा गोरख दलगणका प्रमुख सन्तोष बस्नेतले पुजा गरि नेपाली सेनाले सलामी दिई रथ यात्रा सुरु गरिएको थियो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख , जिल्ला प्रशासन कार्यलयका प्रमुख, जिल्ला सम्वन्य समिती ,तानसेन नगरपालिकाका उपमेयर लक्ष्मी पाठकको उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार