देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाल्पामा बिहीबार १२१ जना कोरोना संक्रमित थपिए

0

(पाल्पा) – पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर कोभिड अस्पताल र रुपन्देहीको भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकाका एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार