देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘पितृसत्तात्मक सोचले पुरुष समेत विभेदमा’ – राष्ट्रिय सभा सदस्य देवकोटा

0

काठमाडौ – राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नेपाली समाजमा व्याप्त पितृसत्तात्मक सोचले महिला मात्र पीडित नभई पुरुष समेत पीडित रहेको बताएकी छिन् ।

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो विचार राखेको हुन् ।

उनले पितृसत्तात्मक व्यवस्थाका कारण महिलाहरु पछि परेकोले आर्थिक लगायतका विभिन्न जिम्मेवारी पुरुषले मात्र गर्नुपर्दा पुरुष विभेदमा परेको बताइन । महिला हकअधिकार र समानताको थुप्रै कानुन बने पनि कार्यान्वयनको पाटो फितलो रहेको उनको भनाई थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले महिला समानताकोलागी हरेक क्षेत्रमा महिलाहरु अग्रसर हुनुपर्ने बताउँदै विभेद अन्त्य घरबाटै शुरु गर्नुपर्ने बताए ।

अर्का उपाध्यक्ष अजय कुमार राईले नेपाल महिलामैत्री कानुनमा अगाडि रहे पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए।

उपाध्यक्ष एवं आईएलओ गभर्निङ बडि सदस्य आशासिंह राठोरले सहरमा मात्र नभई ग्रामीण भेग र श्रमिकलाई सशक्तीकरण गर्न सकेमात्र महिला दिवसको सार्थकता हुने बताए । त्यस्तै उपमहासचिव राधिका कुईकेलले महिलालाई शिक्षा ,प्रतिनिधित्व , र अवसरमा समानता गरेमात्र विभेद हट्दै जाने विचार राखे ।

युनियनकी सहकोषाध्यक्ष शुशिला घिमिरे , केन्द्रीय सदस्य चन्दन झाले महिलामाथी हुने विभेद र हिंसा बलात्कार बढिरहेको तर न्याय नपाईरहेको अवस्था रहेकोले राज्यसंग दबाब दिनुपर्ने बताइन ।

कार्यक्रममा डिएलएका महासचिव लक्ष्मी रावलले लैङ्गिक विभेद र समानताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन भने कार्यक्रम ट्रेड युनियन कांग्रेस , राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार