देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो’ – ओली

0

बिराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् ।

मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

१५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’

नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन नक्कली पार्टि बनाएको बताउँदै उनले आगामी चुनावमा माधव नेपालको नक्कली पार्टिले वडा सदस्य पनि जित्न नसक्ने बताए ।

उनले माधव नेपालले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार