देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पीपीएलमा आज बुटवल र चितवन भिड्दै

0

पोखरा – पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा आज बुलवल ब्लास्टर्स र चितवन राइनोजबीचको खेल हुँदैछ । पोखरा क्रिकेट मैदानमा हुने खेल साढे ११ बजे सुरु हुनेछ ।

बुटवल सोमपाल कामीको कप्तानीमा मैदान उत्रने छ भने चितवन पारस खड्काको कप्तानीमा मैदानमा आउने छ ।
जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् ।

पहिलो खेलमा चितवनले साविकको विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो भने बुटवलले काठमाडौँ गोल्डेनलाई हराएको थियो ।

दुवै टोलीको समान २ अंक छ । यद्यपी रनरेटका आधारमा चितवन राइनोज शीर्ष स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार