देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुजारी हत्या प्रकरणमा एक भारतीय नागरिक पक्राउ

0

नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भएको पुजारी हत्या प्रकरणमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

नरसहि गाउँस्थित टाँडीमा रहेको राम मन्दिरका ७२ वर्षीय पुजारी महगु केबट कात्तिक ९ गते मन्दिर नजिकै उखु बारीमा मृत अवस्थामा भेटिएका थिए । मौर्यले विजया दशमीको अघिल्लो दिन मन्दिरबाट ३ सय ८० मिटर उत्तर पश्चिम उखुबारीमा पुजारीको हत्या गरेका थिए ।

हत्या भएको स्थानबाट १० मिटर पूर्वमा हसिया र साइकल बरामद भएको हो । साइकलमा झोला र कपडा बरामद भएको छ । हत्या गरिएको दिनमा मन्दिर परिसरमा एक घण्टा अघि मौर्य मन्दिरमा आएका थिए ।

घटना शंकास्पद भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा भारत महाराजगन्जका २१ वर्षीय धनन्जय मौर्यले पुजारीको हत्या गरेको खुलासा भएको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

पक्राउ परेका मौर्यले पुजारीको हत्या आफूले गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मौर्यलाई जिल्लाको प्रातपपुर गाउँपालिका–६ कठहवाबाट शुक्रबार पक्राउ गरिएको हो । पक्राउ परेका मौर्यलाई तिहार बिदापछि जिल्ला अदालत परासीमा पेस गरिने प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार