देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुटिन पाचौँ पटक राष्ट्रपतिमा निर्वाचितq

0

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीनजना प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।q

लगातातर चुनाव जित्दै आएका पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । यो जितसँगै जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता भएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार विगत ३ दशकदेखि सत्ता र शक्तिमा रहदै आएका पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् । रुसको इतिहासमै पुटिन सबैभन्दा धेरै मत प्राप्त गर्ने नेता बनेका छन् ।

प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेकोमा पुटिनले सन् २००८ मा संविधान संसोधन गरेर राष्ट्रपतिको कार्यकालको अवधि ६ वर्ष बनाएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार