देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुनर्निर्माणका लागि भारतले दियो डेढ अर्ब

0
<p>तस्विर नयाँपत्रिका बाट</p>

तस्विर नयाँपत्रिका बाट

काठमाण्डौं – छिमेकी मुलुक भारतले नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि पूर्वघोषणा गरेअनुसार १ अर्ब ५४ करोड रूपैयॉ भुक्तानी दिएको छ ।

बिहबिार भारतीय दुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव श्शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड अर्थात ९६ करोड भारतीय रुपैंयाको चेक हस्तान्तरण गरेकी छन् ।

भारत सरकारले आवास परियोजना अन्तर्गत नेपाललाई १५ करोड अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । यो सँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७करोड २० लाख अमेरिकी डलर उपलब्ध गराएको भारतीय दुतावासले जनाएको छ ।

दुतावासका अनुसार भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

भारतले ५ करोड अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग गर्ने प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४२ लाख अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको दुतावासले जनाएको छ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार