देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुरातात्विक सम्पदाको पुनर्निर्माणमा बेवास्ता

0

धादिङ – विनशाकारी भूकम्पले क्षति पुर्याएको धादिङका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण अझै हुन सकेको छैन । २०७२ बैशाखको भूकम्पले क्षति पुर्याएका निजी आवास पुनर्निर्माणले पूर्णता पाउने अन्तिम चरणमा पुगेपनि पुरातात्विक सम्पदाको पुनर्निर्माण छाँयामा परेको छ ।

भवन नहुँदा रित पुर्याउन समेत समस्या भएको नीलकण्ठ नगरपालिका–९ स्थित क्ष्योलिङ गुम्बाका लामा गुरु धन बहादुर लामाले बताए । गुम्बाको पुनर्निर्माणका लागि सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा समेत सुनुवाई नभएको उनको गुनासो थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ईकाइ धादिङका अनुसार भूकम्पले क्षति पुर्याएका जिल्लाका ८५ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने छ । तर, आर्थिक वर्ष २०७६/७७ मा ६ वटा गुम्बाको मर्मत सम्भार भएको छ ।

चालू आर्थिक वर्षमा ४ वटा गुम्बाको पुनर्निर्माणका लागि सम्झौता भएर काम अघि बढाइएको इन्जिनियर चन्द्रमणि शाहले बताए । बाँकी ७५ वटा गुम्बाको पुनर्निर्माण भने अन्यौलमा परेको शाहको भनाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार