देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुलिससँग संकटा पराजित

0

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबविरुद्ध नेपाल पुलिस क्लब विजयी भएको छ । बुधवार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

लिगमा पुलिसको यो दोस्रो जित हो । यसअघि पुलिसले सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।

आत्मघाती गोलबाट अग्रता लिएको पुलिसका लागि सुमन लामाले ३३ औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । खेलको १५ औं मिनेटमा संकटाका अमित तामाङले गोल बचाउने क्रममा आफ्नै पोष्टमा गोल गर्दा पुलिसले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका गरे पनि संकटाले थप गोल गर्न सकेन ।
जितपछि ४ खेलबाट ७ अंक जोड्दै पुलिस पाँचौ स्थानमा उक्लेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार