देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुलिस बुढासुव्वा टूवोर्ग गोल्डकपको सेमिफाइनमा

0

(धरान) – नेपाल पुलिस क्लब सुनसरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुव्वा टूबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको खेलमा झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-१ गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनल पुगेको हो ।

विजेता टिमले मच्छिन्द्र क्लब र वेस्ट बेंगाल कोलकताको सन डे क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पुलिसका लागि म्यान अफ द म्याच कप्तान जुमानु राईले व्यक्तिगत दुई गोल र सुमन सुवेदीले गोल गरे । मेची नेत्रालयका काँकडभिट्टाका लागि संजय धिमालले सान्तवना गोल फर्काए ।

खेलको १० औं मिनेटमा संजय धिमालको गोलबाट काँकडभिट्टाले अग्रता लिएको थियो । खेलको ४१ औं मिनेटमा पदम राईको फ्रिकिक प्रहारलाई सदुपयोग गर्दै सुमन सुवेदीले हेड गोल गरेर १–१ को बराबरीमा ल्याए । पुलिसका जुमानुले २५ मिटर दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ८० औं मिनेटमा जुमानुले व्यक्तिगत दोश्रो र क्लबका लागि तेश्रो गोल गर्दै जित दिलाए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार