देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पुष्पपराग साहित्य प्रतिष्ठानले पुरस्कार तथा सम्मान कार्यक्रम चैत्र २६ गते गर्ने

0

काठमाडौं – पुष्पपराग साहित्य प्रतिष्ठानले प्रत्येक वार्षिकोत्सवमा विभिन्न विधामा प्रदान गर्दै आएको पुरस्कार तथा सम्मान कार्यक्रम यो वर्ष पनि मिति २०७८ चैत्र २६ को लेखनाथ पौडेल सभाकक्षमा गर्ने घोषणा गरेको छ ।

संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार – २०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन् । यसका साथै नियमित रूपमा पुरस्कार प्रदान गर्दै आएका विभिन्न दाताले पुष्पपराग साहित्य प्रतिष्ठानका छाताभित्र रहेर प्रदान गर्ने  पुरस्कारहरू पनि प्रदान गर्ने घोषणा गरेका  छन् ।

जस अन्तर्गत “तिलकुमारी खड्का स्मृति पुरस्कार” भगिरथी श्रेष्ठ; “नील-गङ्गा भाषा साहित्य पुरस्कार”- प्रा. डा. योगेन्द्र यादव; “पद्मवती गीतसंगीत पुरस्कार”; गायिका  लोचन भट्टराई;  “शुक्रमन्दिर लोक साहित्य पुरस्कार” ;  सङ्गीतकार वादल लिम्बू;  “मुना स्मृति आख्यान तथा काव्य पुरस्कार”; साहित्यकार वि. के. पाल्पाली; (मरणोपरान्त) “कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार; गीतकार तथा गायक सुरेश शाही;  “परममाया/कृष्ण प्रसाद थपलिया स्मृति पुरस्कार” भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेका छन् ।

पुरस्कार छनौट समितिले भिन्नभिन्न विधामा प्रस्ताव गरेका  तीनतीन वटा प्रस्तावित नाम मध्ये एकेक जनाको नाम पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिले पारित गरेको र यसैगरी गीत, संगीत, कला, भाषा तथा साहित्यमा विशिष्ट  योगदान पुर्याउँदै आएका एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायिका ज्ञानु राणालाई र पुष्पपराग युवा साहित्य सम्मान गजलकार तथा कथाकार मन्दिरा “मधुश्री”लाई प्रदान गर्ने निर्णय भएको हो भन्दै प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीले बताए ।

पुरस्कार छनौटका लागि निश्चित माप दण्ड र कार्यविधि प्रतिष्ठानका कार्यसमितिले तय गरेका थिए ।  सोही माप दण्ड र कार्यविधिभित्र बसेर नै पुरस्कारका लागि  सिफारिस गरिएका छनौट समितिका संयोजक तथा प्रतिष्ठानका सचिव कवि तथा उपन्यासकार टि. एन. भट्ट “विश्वामित्र”ले बताए ।

उल्लेखित पुरस्कार, सम्मान तथा मानार्थ सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको दिन प्रदान गरिने छन् भन्दै चैत २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ पौडेल सभाकक्षमा दिनको ठिक १ बजे उक्त कार्यक्रम गरिने कार्यक्रम संयोजक कवि तथा गीतकार राजबाबु श्रेष्ठ “सागर”ले बताए ।
पुरस्कारका स्थापना निम्न संस्था तथा व्यक्तिले गरेका छन् ।
१) पुष्पपराग वर्ष सम्मान पुरस्कार-पुष्पपराग साहित्य प्रतिष्ठान
२) तिलकुमारी खड्का स्मृति पुरस्कार – प्रेमबहादुर खड्का
३) नील-गङ्गा भाषा साहित्य पुरस्कार – टि. एन. भट्ट “विश्वामित्र”
४) पद्मवती गीत/संगीत पुरस्कार – प्रजापति तिमल्सिना 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार