देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन रिहा भएलगत्तै सीआईबीको नियन्त्रणमा

0

काठमाडौं – सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणमा समेत उनको शंकास्पद भूमिका देखिएकाले सीआईबीले निगरानीमा राखेको हो । ब्युरोका प्रमुख एआईजी श्याम ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको र उनको लिंकअफ देखिएको खण्डमा आवश्यक कदम चालिने बताए । 

उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा पुनको विषय उल्लेख भएको र यसैलाई आधार बनाएर अनुसन्धान अघि बढिरहेको बताए । 

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनलाइ पक्राउ गरिएको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार