देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वमन्त्री एकनाथ ढकालले भेटे कम्बोडियाका नवनिर्वाचित प्रधानमन्त्री

0

काठमाडाैं – नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र कम्बोडियाका नवनिर्वाचित प्रधानमन्त्री हुन मानेटसँग भेट गरी बधाई दिएका छन्।

तीन दिने मैत्रीपूर्ण भ्रमणको शिलशिलामा कम्बोडियामा रहेका ढकालले मंगलबार नवनिर्वाचित प्रधानमन्त्रीलाई उनकै कार्यकक्षमा भेटेर सफल कार्यकालको कामना गर्दै क्षेत्रीय शान्ति र बिकासबारे छलफल गरेका छन्।

अर्थशास्त्रमा विद्यावारिधी हासिल गरेका प्रधानमन्त्री हुन मानेटले संयुक्त राज्य अमेरिकाको सैन्य एकाडेमी वेस्ट पोइन्टबाट स्नातक गरेका हुन्।

केही महिना अघि सम्पन्न निर्वाचनमा कम्बोडियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित बिजय हासिल गरे पश्चात पूर्वप्रधानमन्त्री हुन सेनको राजीनामा पछि हुन मानेट प्रधानमन्त्रीमा चएन भएका हुन्।

संघिय सांसद ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सदस्य रहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार