देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वमन्त्री थानी काँग्रेस केन्द्रीय सदस्यमा एकमतले पराजित

0

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकमतले पराजित भएका छन् । कर्णाली भूगोलबाट उम्मेदवार बनेका उनी देउवा समूहका कर्णबहादुर बुढासँग एकमतले पराजित भएका हुन् ।

थानीले २१९९ मत पााउँदा बुढाले २२०० मत पाए । कांग्रेसको जारी १४औँ महाधिवेशनमा १, २ मतान्तरमा पराजित हुने थानी तेस्रो नेता हुन् ।

यसअघि प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे दुई मतले पराजित भएका थिए । केन्द्रीय उपसभापतिमा विजयकुमार गच्छदार पनि २ मतले पराजित हुन पुगेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार