देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वमन्त्री बस्नेतले दिए केन्द्रीय सदस्य पदमा उम्मेदवारी

0

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता बस्नेतले सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । नेता बस्नेतले खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

नेता बस्नेतले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

नेता बस्नेतले सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएका थिए । पार्टीभित्रको आन्तरिक समीकरण मिलाउने क्रममा सभापतिमा शेरबहादुर देउवालाई विजयी बनाउने सर्तमा नेता बस्नेतले सदस्य पदमा मात्रै उम्मेदवारी दिएको बताएका छन् ।

महाधिवेशनमा नेता बस्नेतकै समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निःशुल्क मास्क, सेनिटाइजरलगायतका सामग्री वितरण गर्दै आएको छ ।

नेता बस्नेतले कोरोनाको परीक्षण गर्न चाहने महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डपमा रहेको स्वास्थ्य समितिको कार्यकक्षमा निशुल्क एन्टीजेन्ट परीक्षण पनि गराइदिने गरेका छन् ।

May be an image of 3 people and text that says "राष्ट्रियता! लोकतन्त्र!! समाजवाद!!! नेपाली काँग्रेसको १४ औ महाधिवेशन नेपाली काँग्रेस केन्द्िय सदस्य, केन्द्रिय खेलकुद विभाग तथा बिपद व्यवस्थापन समितिको प्रमुख, १8 औ महाधिवेशन मुल आयोजक समितिको स्वास्थ्य समिति संयोजक, पूुर्व सुचना तथा सज्चार मन्त्री, असल नेतृत्वकर्ता, राजनतिक घरोहर, जनताका प्रिय नेता आदरणीय दाजु मोहन बहादूर बस्नेत ज्यूलाई केन्द्रय सदस्य पदमा अत्याधिक बहुमतले विजयी गराओ सबै अटने देश, सबैलाई जोड़ने काँग्रेस"

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार