देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वमन्त्री सिंह नेतृत्वको सजपा र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै

0

काठमाडौँ – समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल एमालेमा समाहित हुने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा हुन लागेको कार्यक्रममा समाजवादी जनता पार्टी एमालेमा समाहित हुन लागेको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए ।

यसै क्रममा मंगलबार दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिको कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर पनि नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् ।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार