देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वराष्ट्रपति यादवले भेटे डाक्टर केसीलाई

0

काठमाण्डौं – पूर्वराष्ट्रपति रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डाक्टर केसीलाई भेटेका हुन्।

विश्व अहिंसा दिवसका अवसरमा पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा बसेका डाक्टर केसीलाई भेटेका हुन्। डाक्टर केसी १९ दिनदेखि अनसनमा छन्।

जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याइएको थियो। सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ छ।

‘डाक्टर केसीले आमजनताका माग उठाउनुभएको छ। वार्ताबाट सरकारले समाधान खोज्नुपर्छ,’ डाक्टर केसीलाई भेटेपछि पत्रकारहरूसँग यादवले भने।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार