देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वाधार विकास कार्यालय प्रदेश ३ का लेखा अधिकृत पक्राउ

0

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ । सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घूस लिएको आरोपमा लेखा अधिकृत विष्णुहरि पुडासैनीलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

निर्माण व्यवसायीसँग २२ हजार घूस माग्दै गर्दा उनी पक्राउ परेका हुन् । पुडासैनीले घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले ललितपुर महानगरपालिका २३ एकान्तकुनाबाट पक्राउ गरेको हो ।

आयोगले पुडासैनीलाई यही पुस २५ गते पक्राउ गरेको भएपनि थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । पुडासैनीलाई आइतबार आयोगले सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी पुडासैनीमाथि छानबिन जारी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार