देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्व अध्यक्ष सहित ५ जना वरिष्ठ अधिवक्ता डीएलएबाट निष्कासित

0

काठमाडौं -डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)को अनुशाशन समितिले वरिष्ठ अधिवक्ता नेपाल बार एसोसियनको निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको भन्दै डीएलएकै पूर्वअध्यक्षसहित केही वरिष्ठ अधिवक्तालाई संगठनबाट निष्कासन गरेको छ ।

अनुशासन समितिले डीएलएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, प्रेमबहादुर खड्कासहित अधिवक्ताहरु विजयप्रसाद मिश्र र श्रीराम दवाडीलाई निष्कासन गरेको हो ।

नेपाल बार एसोसियनको ०७५ चैत १६ गते सम्पन्‍न निर्वाचनमा डीएलएको नेतृत्वमा बनेको वृहत्तर लोकतान्त्रिक समूहका २५ मध्ये २२ जना उमेदबार पराजित भएका थिए ।उक्त पराजयको कारण पत्ता लगाउन डीएलए केन्द्रिय समितिले ०७६ वैशाख १० मा भरतप्रसाद खरेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिले साउन १२ गते प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनले डीएलए नेतृत्वको समूहका उमेदवार पराजित हुनुमा निष्कासन गरिएका ५ जनासँग बुझ्नुपर्ने भन्दै १५ दिने स्पष्टिकरण मागिएको थियो ।

०७७ भदौ ३ गते स्पटिकरण दिन उनीहरु पाँचै जनालाई भनिएपनि स्पष्टिकरण नदिएर संस्थाको वैधानिकतालाई चुनौती दिएको र मौन रहेर जवाफ नदिएकाले आरोप पुष्टि भएको भन्दै संगठनबाट निष्कासन गरिएको अनुशासन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।

यो बिषयमा डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)का अध्यक्ष योगेन्द्र अधिकारीले भने अनुशाशन समितिले गरेको निर्णयबाट निष्काशित व्यक्तिहरुले आफुहरु अन्यायमा परेको भनी पुनरावेदन गरेको खण्डमा केन्द्रिय समितिले हेर्ने बताए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार