देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्व डीएसपीविरुद्ध करणी मुद्दा, पक्राउ पुर्जी जारी

0

(ललितपुर) – नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका नायव उपरीक्षक डीएसपी राजकुमार खिउजुविरुद्ध जिल्ला अदालत ललितपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुर स्रोतका अनुसार अदालतबाट खिउजुविरुद्ध पक्राउ पूर्जीसमेत जारी भईसकेको छ । ललितपुरकी २१ वर्षीया युवतीले खिउजुवरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

प्रहरी रिपोर्ट बनाउनका लागि महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला खिउजुले कार्यकक्षमै जबरजस्ती गरेको पीडित युवतीको दाबी छ । सो समय खिउजु चापागाउँ वृत्तका इन्चार्ज थिए ।

यस्तै गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको दाबी पीडितको छ । त्यसपछि पनि खिउजुले शारीरिक शोषण गरेको उनी बताएकी छिन् । यसबारे उजुरी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुग्दा पनि सहयोग नपाएको गुनासो पीडितको छ । खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार