देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्व प्रदेश प्रमुख यादवको निधन

0

काठमाडौं – लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको निधन भएको छ।

सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका यादवको ७० वर्षको उमेरमा मंगलबार घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

यादवलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

स्थायी शिक्षकबाट राजीनामा दिएर यादव २०४८ साल र २०५१ सालको निर्वाचनमा नेकपा एमालेबाट लडेर पराजित भएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार