देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ मूल्य घट्यो

0

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

पछिल्लो समय भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल र मट्टितेलको मूल्य १६० पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार