देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पेट्रोलियम कर १० रुपैयाँ घट्यो

0

काठमाडौं –  सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा १० रुपैयाँ घटाउने निर्णय गरेको हो।

संसद् बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले कर घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइसकेको बताए। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा १० रुपैयाँ घटाउने सरकारलाई सिफारिस गरेको थियो।

अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करमा ५-५ रुपैयाँ घटाउने तयारी गरेको हो। इन्डियन आयल निगमबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा सरकारले प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लगाएको छ। १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा सरकारले कर लगाउँदै आएको छ।

यसका साथै निगमले ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, प्राविधिक नोक्सानी, बिक्रेता कमिसनका नाममा १४.२८ रुपैयाँ शुल्क लिने गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार