देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १३० र ग्यास प्रतिसिलिन्डर १,४५०

0

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

निगमले यसअघि ३० असारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार