देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घट्यो

0

काठमाडौँ — सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ । यसअघि पेट्रोलको १ सय ७१ र डिजेल/मट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार