देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पेट्रोल र डिजेलकाे मूल्य बढेसँगै एक सातामै फेरि बढ्यो बस भाडा (सूचीसहित)

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सरकारले एक सातामै फेरि अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २‍ दशमलव १ प्रतिशतले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २‍ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ । लाेकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य बढेमा थप बढ्नेछ । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलकाे मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार