देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ

0

काठमाडौं – मंगलबार बिहान थानकोटमा पैदल यात्री नवीन लोहारलाई ठक्कर दिएर फरार भएको एक सवारी चालकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख  ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चन्द्रागिरी नगरपालिका(७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई गाडी फरार भएका थिए ।

फरार रहेका उनलाई अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा पेप्सीकोलाबाट उक्त बस सहित सुनिललाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार