देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

0
<p>फोटो- रासस</p>

फोटो- रासस

काठमाडौं – पोखराबाट आज बिहान सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। १६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्।

सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका-४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

घाइतेहरुको लमहीमा उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए। बसमा सवार अन्य दुइ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार