देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

0

(पोखरा) – कोरोना भाइरसको संक्रमणबाट पोखरामा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।

पोखराको चरक मेमोरियल अस्पतालको आईसीयूमा उपचाररत पर्वतको कुश्मा नगरपालिका–६ का ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड–१९ सँगै निमोनिया, हाइपरटेन्सन र श्वसन विफलताको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघि बुधबार राति पोखरा महानगरपालिका–१३ कि कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चलल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएकी उनी उपचारको लागि अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनलाई कोभिड–१९ सँगै निमोनिया समेत रहेको अस्पताल प्रशासनले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार