देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा

0

काठमाडौं – पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ। फेवाताल किनार वाराहीघाटमा आइतबार आयोजित भव्य समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई मुलुककै पहिलो पर्यटकीय राजधानी घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको राजधानी रहेको पोखरालाई त्यहाँका पर्यटन व्यवसायीले दुई दशकदेखि पर्यटकीय राजधानी बनाउनुपर्ने माग गर्दै आएका थिए।

प्रधानमन्त्री दाहालले वाराहीघाटमा निर्माण गरिएको ‘नेपालको पर्यटन राजधानी’ अंकित स्तम्भ पनि अनावरण गरे। उनले प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा खुसी लागेको बताए।

उनले भने, ‘पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित एवं स्थापित अभ्यासलाई दृष्टिगत गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले विश्वकै पर्यटन बजारमा पोखराको ब्रान्डिङ गर्ने, पर्यटन बजारको विस्तार गर्ने, लगानीका लागि अनुकूल वातावरण बनाउन र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्न महत्त्वपूर्ण योगदान लिएको छु।’

कार्यक्रमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्बोधन गरेका थिए। समारोहमा विभिन्न देशका राजदूत पनि उपस्थित थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार