देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरा-मुक्तिनाथ केवलकारको डीपीआर तयार

0

काठमाडौं – विश्वको सबैभन्दा लामो पोखराबाट सिधै मुक्तिनाथ जोड्ने केबलकार आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)  तयार भएको छ । विकासकर्ता कम्पनी मुक्तिनाथ दशर्न प्रालिलेले सो आयोजनाको डीपीआर तयार गरी लगानी बोर्डमा पेश गरेको छ ।

विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रा.लिले कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८०.६ किलोमिटर लामो केवलकार निर्माणका लागि डीपीआर तयार गरेको हो ।

२०७५ भदौ २७ गते उक्त परियोजनाको डीपीआर २ वर्षभित्र तयार गर्नेगरी लगानी बोर्ड र सो कम्पनीबीच समझदारी भएको थियो । सो कम्पनीले साढे २ महिना तोकिएको भन्दा साढे २ महिना ढिलो मंसिर १४ गते बोर्डमा उक्त डीपीआर पेश गरेको हो ।

प्रारम्भिक सम्भाव्यता अध्ययनको क्रममा उक्त परियोजनाको लम्बाई ८३.६५ किलोमिटर हुने अनुमान गरिएकोमा यस्तो लम्बाई करिब ३ किलोमिटर घटेको हो । ८० किलोमिटर लामो हुने यो आयोजना सम्पन्न हुनेबेलासम्म कुल ५० अर्ब लागत पुग्ने अनुमान गरिएको छ । यो कम्पनीको पूरै स्वामित्व नेपालकै हुनेछ ।

यसमा ७७६ वटा गोन्डुला र ७७७ टावर हुने अनुमान गरिएको छ । लामो दूरीको यात्रा भएको र उचाइका कारणबाट पनि ठाउँठाउँमा अनिवार्य झर्नैपर्ने स्टेनसनहरू हुनेछन् । त्यस्तै ठाउँठाउँमा बास बस्नुपर्ने अवस्था पनि हुनेछन् । यो केवलकार वीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ पुग्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार