देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु

0
<p>सांकेतिक तस्विर</p>

सांकेतिक तस्विर

विराटनगर – मोरङको ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

निरिक्षक ढकालका अनुसार आइतबार साँझ घर नजिकैको माछापालन गरेको पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगीएको छ। उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार