देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरेल मुख्यमन्त्री बनेलगत्तै एमालेका तीन सांसदले दिए राजीनामा

0

बुटवल – लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिएका संसदीय दलका नेता शंकर पोखरेललाई पुन: मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट राजीनामा दिन थालेपछी भाँडभैलो मच्चिएको हो ।

पोखरेललाई मुख्यमन्त्री बनाइएपछि असन्तुष्टि जनाउँदै प्रदेश सांसद दृगनारायण पाण्डेले लिखित वक्तव्य नै निकालेर पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । यसैगरी कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पनि राजीनामा दिएको दाबी गरिएको छ ।

श्रीवास्तव कपिलवस्तु २ ख बाट तथा शाही नवलपरासी १ ख बाट विजयी सांसद हुनुहुन्छ । हृदयश त्रिपाठीसँग नजिक रहेका दुबै जनाले सूर्य चिह्नबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहमा रहेको र एमालेको सदस्य नरहेको दावी गरेका छन् ।

लुम्बिनी एमालेमा भाँडभैलो, सांसद पाण्डेले दिए राजीनामा, अरु दुईले पनि राजीनामा दिएको दाबी
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार