देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोर्चुगलले बन्द गर्‍यो सजिलै कार्ड दिने प्रक्रिया, हजारौं नेपालीको सपना चकनाचुर

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपालीहरुको रोजाइमा पर्ने मध्येको युरोपेली मुलुक पोर्चुगलले आप्रवासन नीतिमा कडाइ गरेको छ । सोमबार नयाँ योजना घोषणा गर्दै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आप्रवासन नीतिमा कडाइ गरेका हुन् ।

नयाँ नीतिअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल जान पाउने छन् । यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे । तर, त्यो अब बन्द हुने भएको छ ।

यो घोषणापछि पोर्चुगलमा रहेका हजारौं नेपाली प्रभावित हुने आंकलन गरिएको छ । नयाँ व्यवस्थाले हालसालै पोर्चुगल पुगेर पनि आवास अनुमतिको प्रकिया सुरु गरिनसकेका नेपालीहरू पनि समस्यामा पर्नेछन् ।

पोर्चुगल सरकारले रेसिडेन्सी कार्डको लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द गरिसकेको छ । पोर्चुगल सपना देखेर नेपालदेखि माल्टा, रोमानिया, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने भएका छन् ।

अब पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड बन्ने कुनै सम्भावना छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार