देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत, देशव्यापी प्रतिरोध गर्छौं’- देउवा

0

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारीको आपत्ति जनाएका छन् । कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको बुधबारउद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको आरोप पनि लगाएको छ  ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारीप्रति सरकारविरूद्द खनिएका छन्। उनले यस्ताे दुर्व्यवहारलाइ सर्वसत्तावादको संकेत भएको बताए । विज्ञप्ति जारी गर्दै उनले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।  “तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ,” देउवाको विज्ञप्तिमा भनिएको छ, “ सरकारको यो निन्दनीय व्यवहारकाे भ्रत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु  ।”

उनले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेलमाथिको घटना भएको भन्दै  अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पार्टी वरिष्ठ नेता  पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।  नेविसंघ केन्द्रीय समितिले बुधबारसाँझ काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाए  । नेविसंघका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

यसैगरी नेपाली कांग्रेसका सबै तहका पार्टी कमिटी भातृ तथा शुभेच्छुक संस्था तरुण बिद्यार्थी सबैले विज्ञप्ति तथा प्रदर्शन मार्फत उक्त घटनाको बिरोध गरेका छन् । बिरोध कार्यक्रमलाई देशव्यापी बनाउने कांग्रेसको तयारी रहेको बुझिएको छ ।

 बिहिबार ११ बजे उद्घाटन हुने –

कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको बुधबार उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहारप्रति कांग्रेस आक्रामक बनेको छ । उक्त पुलको उद्घाटन भोली बिहिबार बिहान ११ बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेनै उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार