देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पौडेल पुर्पक्षका लागि थुनामा

0

(काठमाडौं) – विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुछिएका शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारु मगरको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ललिता निवास अनियमिता प्रकरणका १ सय ७५ जना आरोपितमध्ये पौडेल विशेष अदालतमा उपस्थित हुने पहिलो व्यक्ति हुन् ।

३२ करोड १९ लाख २० हजार रुपैयाँ विगो मागदाबी गरी पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीमाथि सरकारी, राजकुलो र बाटोको नाममा स्रेस्ता पूर्जा कायम रहेको १९ रोपनी १५ आना जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोप थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार