देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु

0

पोखरा – ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पोरखामा पाइलटको मृत्यु भएको छ । यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छन् ।

दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो ।

कास्की प्रहरीका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमीनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुबै जनालाई उपचारका लागि सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । छाती र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार