देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्युठान कार दुर्घटनामा ४ बालबालिकासहित ८ जनाको मृत्यु

0

काठमाडौं – प्युठानमा कार दुर्घटना हुँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ।

प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्कंदै गर्दा लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिंग्रीमा सोमबार दुर्घटनामा परेको हो।

दुर्घटनामापरी ज्यान गुमाउनेका कार चालक लमही नगरपालिका– ५ का ताराबहादुर कुमाल, तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षीय विकाश रहेको प्युठान प्रहरी प्रमुख डीएसपी सुवास खड्काकाले जानकारी दिए ।

त्यस्तै, गढवा गाउँपालिका–७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३२ वर्षीया श्रीमती राधा र छोरा १० वर्षीय आदित्य शाह रहेका छन्। एक मृतक बालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार कार अनियन्त्रित भई करिब ४५ मिटर तल खसेको थियो। गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो। तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरीको आशंका छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार