देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्डको आरोपपत्र कार्यकर्ताको हातहातमा

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीविरुद्ध सचिवालयमा पेस गरेको १९ पृष्ठ लामो ‘आरोपपत्र’ अहिले विचाराधीन छ । प्रचण्ड नेपाल पक्षले यसलाइ नेकपा सुधार्ने अस्त्रका रुपमा ब्याख्या गर्दै आइरहरेको बेला ओलीपक्षले यसलाई मिथ्या आरोप लगाइएको दाबी गर्दै फिर्ता लिन माग गरिरहेको छ ।

तर यति नै बेला प्रचण्डपक्ष भने यसलाई फिर्ता लिनुको साटो प्रचारप्रसार गर्नमा व्यस्त देखिएको छ । उसले आरोपपत्रलाई बुकलेटका रूपमा प्रकाशित गरेर नेता–तथा कार्यकर्ताको हातहातमा पुर्याएको छ । रोचक त के छ भने प्रचण्डको आरोपपत्रले पार्टी विभाजनसम्मको खतरा औंल्याइएका बेला बुकलेटको शीर्षक ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ दिइएको छ ।

नेकपाको विधानमा दुवै अध्यक्षले एकीकृत प्रतिवेदन पेस गर्ने उल्लेख छ । दुई अध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने परिकल्पना विधानले गरेको छैन । विधानलाइ आधार मान्ने हो भने प्रचण्डको यो प्रस्ताव विधान विपरित भएको पुष्टी हुन्छ ।

एकातिर विधान मिचेर र अर्कातिर मिथ्या आरोप लगाएर प्रतिवेदन बनाइएकाले यो छलफलको विषय नै हुननसक्ने ओली पक्षको धारणा रहँदै आएको छ । सुरुवातमा आरोपपत्र फिर्ता लिन माग गरेका ओलीले यसबारे माफी माग्नुपर्ने धारणा निकटस्थसँग राखेका छन् । प्रचण्डले आरोपपत्र फिर्ता लिएर माफी नमागेसम्म सहमति हुननसक्ने धारणा ओलीले सचिवालयमा राख्ने तयारी गरेका छन् ।

प्रचण्डपक्ष कुनै पनि हालतमा आरोपपत्र फिर्ता नलिने र ओलीपक्ष यसको नाम नै सुन्न नचाहने अवस्थाले नेकपालाई थप जटिल मोडतर्फ पुर्याउने जानकारहरू बताउँछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार