देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्डलाई ओलीले भने- ‘तपाईंहरूसँग १६५ छ एमसिसी पास गरे भैगो नि !’

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ ।

अमेरिकी  सहायक विदेशमन्त्रीले फोन गरेर एमसीसीबारे छिट्टै  निर्णय गर्न आग्रह गरेसँगै प्रचण्डले ओलीलाई फोन गरेका हुन्।  सो अवसरमा अध्यक्ष ओलीले एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले– नेकपा (एमाले)को धारणा स्पष्ट रहेको बताएको एमाले नेता विष्णु रिजालले बताएका छन् ।

रिजालका अनुसार जवाफमा ओलीले प्रतिनिधिसभामा १६५ सदस्यहरु भएको र  सत्तापक्ष मिलेर पारित गरे ठिक हुने बताएका छन् ।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले  भनेका छन्, ‘हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् गरे भैगो नि ।’

यता प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गर्नुपर्ने भनेर जोडबल लगाइरहेका छन् । बिहिबारनै एक अमेरिकी मन्त्रीले ओली प्रचण्ड र देउवालाई फोन गर्दै एमसीसी पास किन ढिलाई भएको भन्दै प्रश्न गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार