देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्डलाई विश्वासको मत दिन देउवा तयार, पदाधिकारीलाई मनाउने प्रयास

0

काठमाडौं – कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा देउवा तयार देखिएको एक नेताले जानकारी दिए ।

देउवाले मंगलबार बिहानैदेखी पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् भने अहिले केहीबेरपछि संसदीय दलको बैठक बोलाइएको छ ।

“सभापति प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने अवस्थामा हुनुहुन्छ,” स्रोतले भन्यो, “अहिले पदाधिकारी र पूर्वपदाधिकारीसँगको छलफलमा हुनुहुन्छ । महामन्त्रीद्वयले प्रतिपक्षमा बस्नुपर्छ भन्ने  विचार राख्नुभएको छ ।”

कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्तिआर्जन गर्नुपर्ने पक्षमा छ।

 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार