देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्डले ओलीलाई भने – ‘नायक भनेको खलनायक पो फेला परेछ’

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्ता गठबन्धन दल एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यति बेला बाम गठबन्धन गरेको दोस्रो हप्तादेखि नै बेइमानी, जालझेल, षडयन्त्र सुरु गरेको बताएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनताले विश्वास गरेर राम्रै भएको र आफूहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक बनाएर अघि ल्याएको भए पनि उनले दोस्रो हप्तादेखि नै बेइमानी, जालझेल, षडयन्त्र थालेको र त्यो कुरा माधव नेपाल र आफूलाई थाहा भएपछि कसरी जनतालाई बुझाउने होला भनेर छलफल थालेको बताएका छन् ।

ओलीलाई मनाउन अढाई वर्ष प्रधानमन्त्री बन्ने सम्झौता भए पनि ओलीलाई नै दिएर मनाउन खोजे पनि ओली नसुध्रिएको प्रचण्डको भनाइ थियो ।

बाम गठबन्धनपछि ओलीले बेइमानी गरेको कुरा स्मरण गर्दै उनले अघि भने, नायक भनेको खलनायक पो फेला पर्याे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार