देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्डसँग कुरा नमिले देउवासँग मिलेर जाने ओली रणनिती

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण भलाकुसारी गरेका छन् । करिब तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र आएको समस्या सुनाउँदै देउवासँग मिलेर जाने सम्भावनाबारे सुझाउँदै त्यतिबेला साथ दिन देउवालाई आग्रह गरेको बुझिएको छ ।

कांग्रेस सभापती देउवा उनका विश्वासपात्रहरु गोपालमान श्रेष्ठ र रमेश लेखकसँगै अपरान्ह बालुवाटार छिरेका थिए । प्रधानमन्त्री ओलीले पनि विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए । बालुवाटारमा दुवै नेताले राजनीतिक समिक्षा गर्दै प्रचण्डको पछिल्लो भूमिकाबारे पनि लामै छलफल गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली पार्टीभित्र कुरा नमिलेमा देउवासँग मिलेर जाने तयारीमा लागेका छन् । आफूलाई पार्टी कमिटीले हटाउने निर्णय गर्ने सम्भावना रहेको चर्चा चलेसँगै ओली विकल्पको बाटोको तया।ीमा लागेका हुन् । पार्टी दुर्घटनामा परेमा उनी देउवाको साथ लिएर बढ्ने तयारीमा रहेको बुझिएको छ । देउवाले पनि ओलीलाई साथ दिदै आएका छन् । उनले साथ नदिएको भए संसदमा विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव आइसक्थ्यो जुन देउवाको साथकै कारण टर्दै आएको छ ।

देउवाले पनि विगतमा प्रचण्डले आफूलाई धोका दिएको गुनासो गर्न छाडेका छैनन् । संसदको चुनाव अघि अचानक प्रचण्ड ओलीसँग मिलेर गएपछि देउवा प्रचण्डसँग रुष्ट भएका थिए । त्यसयता दुई नेताबीच दुईपटक मात्र एक्ला एक्लै भेटवार्ता भएको छ । देउवाले आफूलाई धोका दिएको भन्दै प्रचण्डको आलोचना गर्न छोडेका छैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार