देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्ड र नेपालबीच भेटवार्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । भेटवार्तामा सरकारमा सहभागिता लगाएतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

एमालेका दुई समूहबीच केही समय यता चर्किरहेको विवाद समाधान गर्न दोस्रो तहका नेता लागि परिरहेका छन् भने देउवा सरकारले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ।

एमाले आन्तरिक विवाद सुल्झिन बाँकी रहेको, एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने तयारी भइरहेको समयमा नेपाल र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार